नवरात्रको दोस्रो दिन ब्रह्मचारिणीको पूजा गरिँदै

काठमाडाैं | असोज ७, २०८२

नवरात्रको दोस्रो दिन ब्रह्मचारिणीको पूजा गरिँदै

काठमाडौं:  आश्विन शुक्ल द्वितीया तिथी अर्थात् नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विशेष पूजा आराधना गरिँदै छ।


नवरात्रको पहिलो दिन सोमबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो। सोही दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो। दोस्रो दिन आज पूजा स्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिँदै छ।


नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ।


नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त धार्मिक विश्वास रहिआएको छ। यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन्। नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ।


संसारका मुमुक्षु प्राणीलाई सच्चिदाननद रुप ब्रह्मको बोध गराउनका लागि निरन्तर लागिरहने मान्यतामा नवदुर्गा मध्येको दोस्रो देवीलाई ब्रह्मचारिणी भनिएको हो।


ब्रह्मचारिणीको हातमा कमल, अक्षमाला र कमण्डलु बनाइनुपर्छ भन्ने विधान छ।


नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो हुने गर्दछ। सोमबारदेखि नै देशभरका शक्तिपीठमा भक्तजनको विशेष चहलपहल सुरु भइसकेको छ।

पोखरा:  पुसको जाडोको मौसमको कुनै प्रवाह नगरी लेखनाथमा जारी महोत्सवमा विहानै देखि दर्शकहरुको वाक्लो उपस्थिति देखियो  । मध्यान्ह देखि खुलेको मौसमसगै मेलामा प्रवेश गर्ने दर्शकको क्रम पनि वढदै जादा...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचन नलड्ने घोषणा गर्नुभएको छ। बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा शर्माले यस्तो घोषणा गर्नुभएको हो।  &lsq...

थप पढ्नुहोस्

पोखरा:  विश्वकै प्रसिद्ध फुड ब्रान्ड केएफसीले पोखरा चिप्लेढुङ्गामा नयाँ आउटलेट सञ्चालनमा ल्याएको छ । केएफसी नेपालका लागि आधिकारिक फ्रेन्चाइज देवयानी इन्टरनेसनल नेपाल प्रालिले २३ औं आउटलेट पोखरा चिप्लेढुङ्गाम...

थप पढ्नुहोस्